Logo २८ बैशाख २०८३, सोमबार | Mon May 11 2026


इन्द्रजात्रा पर्वमा ठड्याइने लिंगो हनुमानढोकामा पुर्‍याइयो


0
Shares

आज बिहान ९ बजेर ३२ मिनेटको साइतमा स्थानीय मानन्धर समुदायले लिंगो भोटाहिटीबाट हनुमानढोकाको कागेश्वरी मन्दिर अगाडि पुर्‍याएका हुन् ।

इन्द्रध्वजासहितको सोही लिंगोलाई पाँच दिनपछि हनुमानढोकामा ठड्याइने छ । लिंगो भक्तपुरको जंगलबाट काटेर ल्याइएको हो ।

सात दिनसम्म उपत्यकमा मनाइने इन्द्रजात्रामा मजिपा, लाखे, हल्चोकको श्वेत भैरव, किलागलको हात्तीरुपी पुलुकिसी लगायतका देवी देवताको नाच नचाईन्छ ।