रुकुम जिल्लाको बाँफीकोट गाउँपालिका–९ झुलाका २४ वर्षीय रत्नबहादुर नेपालीको मृत्यु भएको हो ।
१५ महिनाअघि रोजगारीका लागि साउदी गएका नेपालीको आइतबार राति कोठामा सुतेको अवस्थामा मृत्यु भएको उनका आफन्त लालबहादुर नेपालीले जानकारी दिए । कम्पनीबाट काम सकेर कोठामा आएका नेपाली खाना खाएर सुतेको र बिहान उठ्दा मृत अवस्थामा फेला परेको उनले बताए ।
मृतक नेपालीका एक छोरा र एक छोरी छन् । उनकी श्रीमती एकमहिनाअघि छोराछोरीलाई छोडेर अर्कैसँग विवाह गरेर गइसकेकी छन् । रासस










प्रतिक्रिया दिनुहोस्