Logo २८ बैशाख २०८३, सोमबार | Mon May 11 2026


करेन्ट लागेर युवकको मृत्यु


0
Shares

गलकोट नगरपालिका वडा नम्बर–२ नरेठाटीमा करेन्ट लागेर बागलुङ नगरपालिका–११ रायडाँडाका २५ वर्षीय हरि हरिजनको मृत्यु भएको हो ।

निर्माणाधीन बाग्लुङ–गलकोट प्रसारणलाइनमा काम गर्दैगर्दा करेन्ट लागेर उनको मृत्यु भएको जनाइएको छ ।

निर्माणाधीन प्रसारणलाइनमा विद्युत् प्रसारण नभएपनि नरेठाटीमा वितरण गरिएको लाइनमा उक्त प्रसारणलाइनको तार जोडिएर करेन्ट बहन भएको प्रहरीले जनाएको छ ।

तीनओटा पोलमा काम गरिसकेर चौथो पोलमा काम गरिरहेकाबेला करेन्ट लागेर उनको घटनास्थलमा नै ज्यान गएको इलाका प्रहरी कार्यालय गलकोटका प्रमुख अर्जुनध्वज अधिकारीले जानकारी दिए ।