Logo २८ बैशाख २०८३, सोमबार | Mon May 11 2026


अक्षर लेखनमा सन्जिना प्रथम


0
Shares

प्रतियोगितामा अद्धितीय स्कुल वनस्थलीकी रिया धिताल दोस्रो र विद्या विकास बोर्डिङ स्कुल लमजुङकी कृष्टिना घिमिरेले तेस्रो हासिल गरे ।

प्रतियोगिताको जुनियरतर्फ गोल्डेन फ्युचर एकेडेमीका साजन मजाकोटी पहिलो, नोभेल एकेडेमी भक्तपुरका स्पर्श काफ्ले दोस्रो र बालज्योति स्कुल लमजुङकी ग्रीष्मा दवाडी तेस्रो भए ।

मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी विजेताहरुलाई पुरस्कार वितरण गरिएको छ ।

सिनियर र जुनियरतर्फका पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमश ५० हजार, २० हजार र १० हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।

प्रतियोगितामा देशभरबाट विद्यालय तहका करिब १० हजार विद्यार्थी सहभागी भएको आयोजकले जनाएको छ ।

अक्षर लेखनशैलीको स्तरवृद्धिको प्रयासस्वरुप प्रतियोगिता गरिएको जनाइएको छ । बालविकास एन्सीमासले करिब एक वर्ष लगाएर हालै अक्षर लेखन प्रतियोगिता सम्पन्न गरेको थियो ।