
निर्वाचन आचारसंहिताविपरीत पार्टीको निर्वाचन चिह्न अंकित टोपी लगाई प्रचारप्रसारमा संलग्न भएको भन्दै आयोगले नेपालसँग मंगलबार स्पष्टीकरण माग गरेको हो ।
नेपाल आगामी असोज ३ गते प्रदेश नम्बर २ का ८ जिल्लामा हुने स्थानीय तह निर्वाचनको प्रचारप्रसारका क्रममा तराईमा छन् । वीरगंजमा सोमबार घरदैलो कार्यक्रममा नेता नेपालसहितका नेताकार्यकर्ताले पार्टीको निर्वाचन चिह्न अंकित टोपी लगाएको पाइएकाले निर्वाचन आयोगले स्पष्टीकरण माग गर्ने निर्णय गरेको हो ।
प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो । –नागरिक दैनिकबाट
प्रतिक्रिया दिनुहोस्