Logo २८ बैशाख २०८३, सोमबार | Mon May 11 2026


चीनसँग सडक त जोडियो, गाडी नहुँदा स्थानीयवासी अन्योलमा


0
Shares

करोडौंको लगानीमा सडक खनिए पनि गुडाउने सवारीसाधन नहुँदा सडक प्रयोगविहीन बन्ने अवस्थामा पुगेको छ । नेपालतर्फबाट सवारी साधन लैजाने सडक नभएको र चीनबाट ल्याउने प्रकृयाका विषयमा आफूहरुलाई जानकारी नहुँदा समस्यामा परेको ओलाङचुङगोला–टिप्ताला सडक उपभोक्ता समितिका अध्यक्ष छेतेन वालुङ शेर्पाले जानकारी दिए ।

सडक निर्माणपछि चीनको तिब्बतबाट साना सवारीसाधनमा सडक अवलोकनका लागि चिनियाँ अधिकारीहरु ओलाङ्चुङगोलासम्मै आएका थिए । स्थानीयबासिन्दाले चीनबाट सहज रुपमा सवारी साधन ल्याउने व्यवस्था मिलाइदिन सरकारलाई आग्रह गरेका छन् ।