Logo १२ असार २०८३, शुक्रबार | Sat Jun 27 2026


वैदेशिक रोजगारीमा दुबई गएका दम्पतीकै रहस्यमय मृत्यु, परिवार शोकमा


0
Shares

अकस्मात् छोरा बुहारीको निधनले आमा मिसकुमारी सापकोटा अचेत छिन् भने उनका अन्य परिवारजन शोकमा परेका छन् ।

‘शुरुमा खबर आउँदा नचाहिने कुरा बोल्यो भन्ने भो,’ बुबा मोती सापकोटाले भने, ‘आखिर नहुनुपर्ने घटना भएकै रहेछ ।’

उनका अनुसार छोरा ३६ वर्षका परशुराम सापकोटा दुई वर्षअघि रोजगारीका लागि कुक हेल्परमा दुबई गएका थिए ।

उनकी श्रीमती कल्पना सापकोटा तीन वर्षअघि दुबई काम गर्न गएकी थिइन् । कल्पनाले नै परशुरामको भिसाको व्यवस्था गरिदिएको जनाइएको छ ।

आफ्नै कोठामा शनिबार दम्पतीनै मृतावस्थामा फेला परेको जानकारी आएको बुबा मोती सापकोटा बताउँछन् ।

घटनाको कारण भने खुलेको छैन ।

प्राप्त जानकारीअनुसार परशुराम झुण्डिएको अवस्थामा फेला परेका छन् । कल्पना भने घाँटीमा गम्भीर चोट भएको अवस्थामा मृत फेला पारिएको जनाइएको छ ।

उनीहरुका यहाँ १० र १४ वर्षका दुई छोरा रहेको परिवारले जनाएको छ । हालसम्म उनीहरुको शव नेपाल ल्याइएको छैन । (रासस)