Logo २८ बैशाख २०८३, सोमबार | Mon May 11 2026


दुई सातादेखि कुश्माकी एक महिला बेपत्ता


0
Shares

उनी भदौ २ गतेदेखि परिवारको सम्पर्कमा नरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । घरायसी समस्या देखाउँदै बेपत्ता भएकी उनले हिसाब किताब मिलेपछि आफू घर फर्कने नोट लेखेर बेपत्ता भएको परिवार स्रोतले जनाएको छ ।

आर्थिक कारोबार मिलेकाले छिट्टै घर फर्कन परिवार सदस्यले सामाजिक सञ्जालमार्फत आह्वानसमेत गरिरहेका छन् । परिवार र प्रहरीले गिरीको खोजी गरिरहे पनि हालसम्म पनि उनको पत्ता लाग्न नसकेको बताइएको छ ।

लेनदेनको आर्थिक समस्याका कारण उनी बेपत्ता भएको हुनसक्ने भन्दै प्रहरीले सबै समस्या समाधान भएकाले गिरी छिट्टै घर फर्कने अनुमान गरेको छ ।

गिरीको पत्ता लगाउनेलाई परिवारले उचित पुरस्कारसहित सम्मान गर्नेगरी खोजी कार्य अगाडि बढाइरहेको छ । (रासस)