बुधबार बसेको मन्त्रिपरिषद बैठकले प्रदेश प्रमुख र प्रदेशको राजधानीका बारे राजनीतिक सहमतिका आधारमा टुंगो लगाउने निर्णय गरेको हो ।
बैठकले संवैधानिक परिषद्बाट पदाधिकारी सिफारिस गर्ने गरी राष्ट्रिय प्रकृति तथा वित्त आयोग गठन गर्ने निर्णय पनि गरेको छ ।
त्यसैगरी बैठकले एसियाली विकास बैंकबाट भन्सार क्षेत्रको सुधार तथा आधुनिकीकरणका लागि प्राप्त १५ अर्ब ४८ करोड ऋण अनुदान सहायता स्वीकार्ने निर्णय गरेको छ ।
बैठकले सहायक रथी राजेन्द्र कार्कीलाई उपरथीमा बढुवा गरेको छ भने भूमिसुधार सचिव कृष्णप्रसाद देवकोटालाई आपूर्ति मन्त्रालयमा सरुवा गर्ने निर्णय गरेको छ । बैठकले भूमिसुधार मन्त्रालयमा शम्भु कोइराला, खानेपानीमा कृष्णराज विसी र पर्यटन मन्त्रालयमा महेश्वर न्यौपानेलाई लैजाने निर्णय गरेको छ ।










प्रतिक्रिया दिनुहोस्