सदरमुकाम बेसीशहरमा रहेको लक्ष्मीनारायण सामुदायिक पुस्तकालयले बुधबार कारागारमा घुम्ती पुस्तकालय स्थापना गरेको हो ।
कैदी/बन्दीलाई लक्षित गरी कारागारभित्र पुस्तकालय स्थापना गरिएको लक्ष्मीनारायण सामुदायिक पुस्तकालयका अध्यक्ष नाराइन सुयेलले जानकारी दिए । पुस्तकालयमा कानुन, साहित्य, धार्मिक, राजनीतिकलगायतका पुस्तक, राष्ट्रिय तथा स्थानीय पत्रपत्रिका राखिएको छ ।
कैदीबन्दीमा पठन संस्कृतिको विकासका साथै त्यसबाट उनीहरुको व्यवहार परिवर्तनसमेत हुने भएकाले कारागारमा पुस्तकालय स्थापना राम्रो काम रहेको जिल्ला समन्वय समितिका प्रमुख लोकराज पाण्डेले बताए ।
१५/१५ दिनमा नयाँ नयाँ पुस्तकहरु परिवर्तन गरि घुम्ती सेवा दिइने पुस्तकालय महासचिव दीपक अधिकारीले बताए ।
कारागारभित्रै पुस्तकालयको व्यवस्था हुँदा कैदी÷बन्दीले खुसी व्यक्त गरेका छन् । ३५ जनाको क्षमता रहेको कारागारमा सात महिला र ६० पुरुष गरि ६७ जना कैदी/बन्दी छन् ।










प्रतिक्रिया दिनुहोस्