Logo २७ आश्विन २०८३, मंगलबार | Tue Oct 13 2026


छोराको कुटाइबाट आमाको मृत्यु


0
Shares

जिल्ला प्रहरी कार्यालयका अनुसार अन्दाजी ४५ बर्षीया सविता दरैलाई आफ्नै छोरा २० बर्षीय आशिष दरैले विहान करिव १० बजे बाँधेर कुटपिट गर्दा गम्भीर घाइते भई उपचारका लागि अस्पतालतर्फ ल्याउँदै गर्दा मृत्यु भएको हो ।

मादकपदार्थ सेवन गरेकी आमालाई सुधार्न भन्दै बाँधेर कुचो र हातले पिट्ने क्रममा उनी गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

कुटपिट गर्ने छोरा आशिषलाई प्रहरीले नियन्त्रणमा लिएको र मृतकको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ । रासस