
काठमाडौं, माघ ४ । चिकित्सा शिक्षा सुधारको माग राख्दै १० दिनदेखि अनशनमा रहेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था निकै कमजोर बन्दै गएको चिकित्सकहरुले जनाएका छन् ।
त्रिवि शिक्षण अस्पताल महाराजगन्जले गठन गरेको ९ सदस्यीय टोलीले डा. केसीको स्वास्थ्य जाँच गर्दा उनको छातीमा संक्रमण भएको पाइएपछि एन्टिबायोटिक चलाइएको डा. प्रमेश आचार्यले जानकारी दिए ।
यस्तै, डा. केसीको मांसपेसी बाउँडिने, रगतमा अक्सिजनको मात्रा कम रहेको, ब्लडप्रेसर घटेको, ब्लडमा सुगर र फस्फोरससमेत कम हुँदै गएको त्रिवि शिक्षण अस्पताले जनाएको छ ।
डा. केसीको स्वास्थ्य अवस्था कमजोर रहेका कारण चिकित्सकको पूर्णनिगरानीमासमेत राखिएको छ ।
शिक्षण अस्पतालले डा. प्रमेश आर्चायको संयोजकत्वमा ९ जना चिकित्सकीय टोली गठन गरेको हो ।
इलाममा अनशन बसेका डा. केसीको स्वास्थ्य अवस्था जटिल भएपछि त्यहाँबाट बिहीबार राति काठमाडौं ल्याइएको हो ।
प्रतिक्रिया दिनुहोस्