१७ जेष्ठ २०८२, शनिबार | Sat May 31 2025


स्वास्थ्य मन्त्री पोखरेललाई स्वाइन फ्लु


0
Shares

उनलाई इन्फ्लुएन्जा ए पोजेटिभ भाइरस (एच१ एन१) पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. श्रीकृष्ण गिरीले बताए । पोखरेल एक हप्तादेखि वीर अस्पतालमा उपचार गराइरहेका छन् ।

गिरीका अनुसार दुई दिन अघि स्वाईनफ्लु आशंकामा खकार परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो ।

उनलाई फिजिसियन डा. सुरेन्द्रलाल श्रेष्ठ नेतृत्वको टोलीले हेरिरहेको छ । -नयाँ पत्रिका दैनिकबाट