फुङलिङ नगरपालिका–८ दोखुस्थित धुसेनी भीरदेखि बहानन्देसम्मको स्थानमा गएको पहिरोले सडक बगाएको हो ।
अहिले सडक डिभिजन कार्यालयले सडकमा थुप्रिएको पहिरो पन्छाएर यातायात सुचारु गर्ने प्रयास गरिरहेको छ ।
मध्याह्नसम्म सडक सञ्चालनमा ल्याइने सडक डिभिजन कार्यालयका सुपरभाइजर नविन उप्रेतीले जानकारी दिए ।
सडक अवरुद्ध भएपछि ताप्लेजुङबाट पाँचथर, ईलाम, झापा हुँदै विभिन्न स्थानमा जाने यात्रुवहाक सवारीसाधन बीच बाटोमै रोकिएका छन् ।











प्रतिक्रिया दिनुहोस्