Logo २८ बैशाख २०८३, सोमबार | Mon May 11 2026


बाढी र डुवानका कारण विद्यालयहरु क्षतिग्रस्त भएपछि विद्यार्थी खुल्ला चौरमा


0
Shares

बाढीले विद्यालय भवन बगाएपछि विद्यार्थीहरुलाई खुला चौरमै राखेर पढाउन थालिएको हो । रौतहटमा बाढी र डुवानका कारण २ सयभन्दा बढी विद्यालयमा क्षति पुगेको थियो ।

बाढी र डुवानले विद्यालय भवन भत्काउनुका साथै डेस्क, बेञ्चसहितका शैक्षिक सामग्रीसमेत बगाएको थियो ।

जिल्ला शिक्षा कार्यालयले रौतहटमा बाढी र डुवानले २ सयभन्दा विद्यालयमा क्षति पुगेको र ३० हजार बालबालिका प्रभावित भएको जनाएको छ ।