बिहीबार बिहान पहिरो खसेर अवरुद्ध भएको सडक पहिरो पन्छाएपछि अपराह्न ४ बजेदेखि सन्चालनमा आएको नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालले जानकारी दिए ।
पहिरोका कारण चारकिलोमा ५० मिटर सडक बगेपछि भित्तापट्टी ढलको क्षेत्रलाई सम्माएर दुईतर्फी सडक सन्चालनमा ल्याइएको उनले बताए । यसअघि सडक फराकिलो बनाउन भित्तो काटिएको ठाउँमा सडक बगाएको हो ।
सो सडकको पाँच ठाउँमा पहिरो खसेको थियो । जलवीरेमा दुई, कालिखोला, चारकिलो र पाँच किलोमा एक/एक स्थानमा पहिरो खसेको थियो । साउन अन्तिम साताबाट पहिरोको जोखिमका कारण रातको समयमा सो सडकमा सवारी आवागमन रोकिदै आएको छ ।
जसका कारण बुधबार साँझबाट सडकमा रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका छन् । रासस










प्रतिक्रिया दिनुहोस्