
भूकम्पलगत्तै सरकारले भवनलाई प्रवलीकरण गर्ने निर्णय गरे पनि अझै त्रिपालले छोपेर राखिएको छ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भवनको अध्ययन सुरु भएको जनाएको छ । प्राधिकरण प्रवक्ता यमलाल भुसालले भवनका कलात्मक कोठाबारे विज्ञ राखेर अध्ययन थालिएको र जीर्ण स्थानमा टेको लगाउने काम सुरु गरिएको जानकारी दिए ।
वर्षामा पानीबाट जोगाउन त्रिपालले छोपिएको उनले बताए ।
सरकारी निकायबीच समन्वय हुन नसक्दा र जिम्मेवारीवोध हुन नसक्दा सिंहदरबारको प्रमुख प्रशासनिक भवनको मर्मत अघि बढ्न नसकेको हो । –अन्नपूर्ण पोस्ट दैनिकबाट
प्रतिक्रिया दिनुहोस्