
उनी ०५७ फागुनमा साउदी पुगेका थिए । त्यहाँको गाउँमा भेडाबाख्रा हेर्ने काम पाएका उनीमाथि भेडा चोर्न आएका व्यक्तिको हत्या गरेको अभियोग छ ।
स्थानीय अदालतले ०५८ जेठ पहिलो साता ‘मृतकको परिवारले आममाफी नदिए मृत्युदण्ड हुने’ अन्तरिम आदेश सुनाएको थियो । पुनले टेलिफोनमा बताएअनुसार चोरी गर्न आएका स्थानीय ‘उदाआएद होमद’ नामका व्यक्तिबाट बाख्रा जोगाउन प्रतिकार गर्ने क्रममा उनको मृत्यु भएको थियो ।
मृतकका दुई छोरामध्ये जेठाले तत्कालै आममाफी दिएको पुनले बताए । ‘कान्छो छोरा बल्ल १८ वर्ष पुग्दै छ,’ पुनले भने, ‘उसको उमेर नपुग्दासम्म जेलमै बस्नु प¥यो । अब मेरो जीवन उसकै हातमा छ ।’
कुटनीतिक पहल गरिएको भए यसअघि नै छुटिसक्ने अवस्था रहेकोमा कसैले वास्ता नगरेको उनको गुनासो छ । –कान्तिपुर दैनिकबाट
प्रतिक्रिया दिनुहोस्