Logo २७ बैशाख २०८३, आइतबार | Mon May 11 2026


राष्ट्रिय राजमार्गकै यस्तो विजोग: चालकलाई हैरानी, यात्रुलाई त्रास (भिडियो)


0
Shares

धादिङको बैरेनी बजार र पृथ्वी राजमार्गअन्तर्गत पर्ने जोगिमारा क्षेत्रमा सडक जोखिम पुर्ण बनेको हो ।

सडक छेउमा अब्यवस्थित तरिकाले संचालन गरेका खानीहरु, राजमार्ग सँग जोडेर खनिएका शाखा सडक र अब्यबस्थीत शहरीकरणका कारण राजमार्ग उच्च जोखिममा परेको जिल्ला ट्राफिक प्रहरी प्रमुख कृष्ण प्रसाद सापकोटा बताउँछन् ।

देशको तराई क्षेत्र र भारतबाट समेत दैनिक हजारौं सवारी साधनहरु आवत जावत गर्ने यस राजमार्ग मर्मत गरेको ६ महिना नवित्दै पूर्णरुपमा जिर्ण बन्ने गरेको छ ।

जसका कारण राजमार्गमा सवारी हाँक्ने चालक मात्र होईन राजमार्ग आवत जावत गर्ने पैदल यात्री सडक छेउमा बसोवास गर्ने स्थानीयहरुले समेत विग्रीएको सडकका कारण दैनिक सास्ती बेर्होनु परेको छ ।

सडक निर्माणमा प्रयोग गरिने निर्माण समाग्री गुणस्तरहिन प्रयोग हुनु क्षमताभन्दा बढी भार बोकेका सवारीका साधनहरु सञ्चालन हुनु सडक निर्माण र मर्मतको जिम्मा पाएका सडक विभागले गरेको बेवास्था र लापरवाहीका कारण अत्यन्त ब्यस्त राजमार्गहरुको अवस्था दयनीय बन्दै गएको सबारी चालक बताउंछन् ।

अहिले देशकै मुख्य राष्ट्रिय राजमार्ग पृथ्वी राजमार्गको अवस्था ग्रमीण सडक जस्तै बनेको छ । पानी पर्दा हिलो र घाम लाग्दा धुलोको समस्याका कारण स्थानीयहरुको स्वास्थ्यमा समेत प्रतिकुल प्रभाव पर्न थालेको छ ।

दैनिक जसो हुने गरेको वर्षादका कारण खानीबाट वगाएर ल्याईएका बालुवा र ग्रामिण सडकबाट बगेर आउने लेदो माटोका कारण राजमार्ग समेत अवरुद्ध हुने गरेको छ ।

खानी र जथाभावी खोलिएका ग्रमिण सडकहरुको ब्यवस्थापन उचित तरिकाले बेलैमा नगर्ने हो भने पृथ्वी राजमार्गमा ठुलो विपद आई पर्न सक्ने देखिन्छ ।