आसन्न दशैं–तिहार जस्ता चाडपर्वलाई मध्यनजर गर्दै राजमार्गमा ठूला सवारी साधन सञ्चालन गर्न दिनुपर्ने माग सवारी धनीहरुले गरेका हुन् ।
सिन्धुलीका यातायातसँग सम्बन्धित संघ–संस्था तथा सवारीधनीले सिन्धुली–खुर्कोट ४० किलोमिटर सडक खण्डमा ठूला सवारी साधन सन्चालनका लागि रुट परमिट दिए सर्वसाधारणलाई यात्रामा सहज हुने बताएका छन् ।
ग्रामीण क्षेत्रमा सञ्चालन हुँदै आएका साना तथा मझौला सवारी साधनमा सबै नागरिकको पहुँच भएकाले रुट परमिट दिनुपर्ने उनीहरुको भनाइ छ ।










प्रतिक्रिया दिनुहोस्