Logo २७ बैशाख २०८३, आइतबार | Mon May 11 2026


धनकुटामा सम्बन्ध बिच्छेद गर्ने बढे, विच्छेद गराउने ३० वर्षभन्दा कम उमेरका धेरै


0
Shares

गत आर्थिक वर्षमा जिल्ला अदालत धनकुटामा दर्ता भएका कुल ३ सय ९६ मुद्दामध्ये १ सय १२ वटा सम्बन्ध बिच्छेद्सँग सम्बन्धित छन् ।

सम्बन्ध विच्छेद गराउन चाहने अधिकांश ३० वर्षभन्दा कम उमेरका छन् ।

बहुविवाह, वैदेशिक रोजगार, पारिवारिक हिंसाका कारण सम्बन्ध बिच्छेद्का घटनाको मुद्दामा वृद्धि भएको देखिएको जिल्ला अदालत धनकुटाका न्यायाधीस किशोर घिमिरेले जानकारी दिए ।

त्यस्तै अदालतले अंशबण्डा, जालसाँजी, माना चामल लगायतका मुद्दामा समेत वृद्धि भएको जनाएको छ ।