Logo २७ बैशाख २०८३, आइतबार | Mon May 11 2026


सरकारी कर्मचारीको लापरवाहीले सेवाग्राहीलाई सास्ती, के भन्छन् सेवाग्राही ?(भिडियो)


0
Shares

कामका लागि टाढाटाढाबाट आएका सेवाग्राहीले सहज सेवा पाउन नसकेपछि हैरानी बेहोर्नुपरेको हो ।

रौतहटको चन्द्रनिगाहापुरस्थित इलाका प्रशासन कार्यालयमा कहिले अधिकृत नभेटिने त कहिले कागजपत्र नमिलेको भन्दै कर्मचारीले अनावश्यक रुपमा दुःख दिने गरेको गुनासो सेवाग्राहीको छ ।

उनीहरुले दैनिक जस्तो सास्ती बेहोर्नुपरेको गुनासो गरेका छन् ।

दैनिक ५ सय जनाभन्दा बढी सेवाग्राही कार्यालयमा पुग्ने गरे पनि मुस्किलले ५० जनाले मात्र सेवा पाउने गरेका छन् ।

ईलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरमा एक जना उपसचिव र एक जना शाखा अधिकृतको दरबन्दी रहे पनि निर्वाचनका लागि उपसचिब कमलराज भण्डारी काजमा खटिएपछि शाखा अधिकृत सन्जु सुनवारको मनोमानी बढेको सेवाग्राहीको गुनासो छ ।

कार्यालय समयमै कैयौं घण्टासम्म हराउने गरेकी शाखा अधिकृत सन्जु सुनवारबाट धेरै सेवाग्रही पीडित छन् ।

उनले सेवाग्रहीलाई गाली गर्ने, नागरिकताको प्रमाणपत्र नै च्यातिदिने र राहदानी फर्म केरकार गरिदिने गरेको गुनासो सेवाग्राहीको छ ।

ईलाका प्रशासन कार्यालय चन्दनिगाहपुरमाट नागरिक वडापत्र समेत राखिएको छैन ।

अन्य सरकारी कार्यालयबाट हुने कामको सेवा प्रवाह, पारदर्शीता र उजुरी सुन्ने निकायको रुपमा रहेको कार्यालयनै लथालिंग भएपछि सेवाग्रही मर्कामा पर्दै आएका छन ।

कार्यालयको अव्यवस्थाका बारेमा शाखा अधिकृत सन्जु सुनवार भने केही प्रतिक्रिया दिन चाहिनन् ।