Logo २७ बैशाख २०८३, आइतबार | Mon May 11 2026


करेन्ट लागेर एक युवकको मृत्यु, ४ चौपाय मरे


0
Shares

राजघाट– ९ बस्ने अजय कार्कीका १६ वर्षका छोरा दिपेश कार्कीको करेन्ट लागेर ज्यान गएको प्रहरी चौकी राजघाटले जनाएको छ ।

शुक्रबार साँझ घर अगाडीको बिजुलीको पोलमा विद्युत सर्ट भई आगो बलेको देखेर टिभीको ज्याक निकाल्न जाँदा करेन्ट लागेर गम्भीर घाईते भएका युवकलाई उपचारका लागि नमूना अस्पताल हरिवन ल्याउने क्रममा बाटैमा ज्यान गएको हो ।

यसैबीच सर्लाहीको गौरीशंकरमा करेन्ट लागेर ४ वटा चौपाय मरेका छन् । गएसाँझ जंगलमा चरेर फर्किदै गरेका तीन वटा गोरु र एउटा राँगा करेन्ट लागेर मरेको हो ।

गौरीशंकर–७ र ८ को सीमाना पर्ने लामा टोलमा ११ हजार भोल्टको तार अचानक चुडिँएर खस्दा सो घटना भएको स्थानीय भक्तबहादुर सिंदनले जानकारी दिए ।

उनका अनुसार करेन्ट लागेर स्थानीय विन्देश्वर महतोको एक हल गोरु, रामनरेश रायको एउटा गोरु र गंगा महतोको एउटा राँगा मरेका हुन् ।

घटनामा मानवीय क्षति भने नभएको स्थानीयले बताएका छन् । बिजुलीको तार चुँडीएर खसेको बारेमा गाउँलेहरुले नेपाल विद्युत प्राधिकरणमा जानकारी गराएका छन् ।