Logo २७ बैशाख २०८३, आइतबार | Mon May 11 2026


भारतको गौरीफन्टा हुँदै चीनको ताक्लाकोटसम्म सडक विस्तार हुन्छः मन्त्री बलायर


0
Shares

नेपाल प्रेस युनियन डोटीले आज दिपायलमा गरेको पत्रकार सम्मेलनमा मन्त्री बलायरले भारतको गौरीफन्टा हुँदै चीनको ताक्लाकोट नाकासम्म सडक विस्तारको तयारी सरकारले गरिरहेको बताएका हुन् ।

उनले साविकको धनगढी–खुटिया–दिपायल फाष्ट ट्रयाकलाई धनगढी–दिपायल–चैनपुर–ताक्लाकोट नामाकरण गरेर काम थाल्ने प्रक्रिया शुरु भइसकेको जानकारी दिए ।

यो सडक विस्तारपछि प्रदेश नम्बर ७ को विकासले फड्को मार्ने विश्वाससमेत व्यक्त गरे ।