साविक फुल्पिङकोट गाविस–९ हाल बलेफी गाउँपालिका–३ धुस्कोटको ओख्रेनीस्थित चारकोठे सिमासिंह आधारभूत विद्यालय भवन पुरिएकाले पठन–पाठनमा असर पुगेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सोनाम तामाङले बताए ।
करिब डेढ सय मिटरमाथिबाट खसेको पहिरोको लेदोले विद्यालय भवन पुर्नुका साथै त्यहाँस्थित थारमारे र भुसुनेखोलामा बाढीले गहि¥याएर खोंच बनाएकाले बालबालिकालाई आवत–जावत गर्नसमेत कठिनाइ भएको छ ।
सँगै रहेको ट्रस्टलाई मर्मत गर्नसमेत ठाउँठाउँमा सडक भत्किएकाले सामान ढुवानी गर्न कठिनाई भएको हुँदा त्यहाँ अध्यनरत् ६४ जना बालबालिकालाई त्रिपाल हालेर पढाउनुको विकल्प नभएको अध्यक्ष तामाङले गुनासो गरे । रासस










प्रतिक्रिया दिनुहोस्