नाम, थर खुल्न नसकेको अन्दाजी ३५/४० वर्षीया मंगोलियन अनुहारकी महिलाको शव फेलापरेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्वतबाट शनिबार दिउँसो गएको टोलीले उक्त शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल पर्वतमा ल्याएको छ ।
शव पहिचानका लागि कसैले पनि सम्पर्क नगरेको र कोही–कतै व्यक्ति हराएको भए शव पहिचानका लागि आउनसमेत अनुरोध गरिएको प्रहरी निरीक्षक लिलाराज लामिछानेले जानकारी दिए ।
शवको अनुहार चिन्न सकिने अवस्थामा भने नरहेको पनि उनले बताए ।










प्रतिक्रिया दिनुहोस्