Logo २७ बैशाख २०८३, आइतबार | Mon May 11 2026


सडक भासिएपछि यातायातमा कठिनाइ


0
Shares

सडक भासिएकाले आज बिहानदेखि काठमाडौं–बाह्रबिसे चल्ने सवारीसाधन रोकिएकोमा समान्य मर्मत गरी अपराह्नदेखि एकतर्फी रुपमा यातायात सन्चालन भएको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक पन्चकुमार बंखुले जानकारी दिए ।

सो क्षेत्रमा वर्षा हुनेक्रम नरोकिएकाले भासिएको सडकमा अझ बढी क्षति पुग्ने सम्भावना छ । त्यस ठाउँमा भरपर्दो रुपमा काम हुन नसके नजिकै आउन लागेको नेपालीको महान चाड बडादशैँमा घर फर्कनेलाई असर पुग्न सक्ने स्थानीयवासीले आशंका व्यक्त गरेका छन् । रासस