१७ जेष्ठ २०८२, शनिबार | Sat May 31 2025


मन्त्रीहरुलाई क्वाटरको अभाव, डेरा खर्चका लागि दुई लाख


0
Shares

मन्त्रीको डेरा ब्यवस्थापनमा मात्रै ६२ लाख रुपैंयाँ खर्च भएको छ । हालै थपिएका २३ राज्यमन्त्री र क्वाटर अभाव भएका आठ मन्त्री गरी ३१ जनाका लागि ६२ लाख रुपैयाँ खर्च भएको हो ।

बाहिर डेरामा बस्ने मन्त्रीहरुले मासिक ४० हजार रुपैंयाँ घरभाडा वापत छुट्टै पाउनेछन् ।

बाहिर बस्ने मन्त्रीहरुले घरभाडाबाहेक विजुली, पानी र टेलीफोनको रकम बिलअनुसार भुक्तानी पाउनेछन् भने पत्रपत्रिका तथा यातायात सुविधा पनि छुट्टै पाउनेछन् ।

यसैगरी, राज्यमन्त्रीले मासिक ५७ हजार ७ सय ८० रुपैंयाँ बुझ्नेछन् ।

मन्त्रीहरुको आवास ब्यवस्थापनको जिम्मेवारी लिएको भवन निर्माण सम्भार डिभिजन कार्यालय काठमाडौंका लेखा प्रमुख रामकृष्ण पन्थीले डेरा व्यवस्थापनका लागि प्रतिमन्त्री दुईलाख वितरण गरिएको जानकारी दिए ।
-अन्नपूर्ण पोष्ट दैनिकबाट