Logo २७ बैशाख २०८३, आइतबार | Mon May 11 2026


प्रेस युनियनको युएइ शाखा विस्तार, बेलायतमा अधिवेशनको तयारी


0
Shares

युनियनको विधानमा विदेश विभाग गठन गर्न पाउने प्रावधान भए बमोजिम शाखा विस्तारलाई तिब्रता दिएको हो ।

तीन महिना अघि बेलायतमा तदर्थ समिति विस्तारपछि हालै युएइमा पहिलो अधिवेशन मार्फत नयाँ कार्यसमिति चयन गरिएको छ ।

नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्य चन्द्र भण्डारी, युनियनका महासचिब अजयबाबु शिवाकोटीको उपस्थितिमा शाखा विस्तार गरिएको युनियनकी युएइ उपाध्यक्ष दुसवी भट्टराईले जानकारी दिइन् ।

अधिवेशन मार्फत निर्भीक नारायण भुर्तेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ ।

समितिको उपाध्यक्षमा दुसबी भट्टराई, सचिबमा रामकुमार परियार, सहसचिबमा माधव न्यौपाने, कोषाध्यक्षमा कमल न्यौपाने चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा अर्पण निरौला, हरि खड्का, प्रकाश ढकाल , शैलेस खाती क्षेत्री, शिव चालिसे, शिवदत्त सुवेदी र नरेन सापकोटा चयन भएका छन् ।

अधिवेशन उदघाटन कार्यक्रमका अवसरमा महासचिब अजयबाबु शिवाकोटीले प्रवासमा रहेर कलम चलाइरहेका श्रमजीवि पत्रकारहरुको हक, हित र लोकतन्त्रको प्रवद्र्धनका लागि शाखा विस्तार अनिबार्य भएको बताए ।

उनले विश्वका विभिन्न देशहरुमा क्रमशः संगठन विस्तार गर्दै लैजाने जानकारी दिए ।

UAE1

कार्यक्रममा नेपाल पत्रकार महासंघ युएई शाखाका अध्यक्ष भुपराज बस्याल, नेपाली जनसम्पर्क समितिका सभापति खेमराज बस्नेत र नेपाली जनसम्पर्क समितिका संरक्षक चित्र केसी लगाएतले शाखा विस्तार भएकोप्रति शुभकामना दिए ।

त्यस्तै, उता बेलायतमा पनि आउँदो नोभेम्बर १ तारिखमा भब्य समारोहबीच प्रथम अधिवेशनको तयारी भइरहेको तदर्थ समितिका संयोजक विपिन निरौलाले जानकारी दिएका छन् ।

महासचिब अजयबाबु शिवाकोटीसँगको बैठकपछि अधिवेशनको तयारी थालिएको निरौलाले बताए ।

धेरै नेपालीहरुको जनसंख्या रहेको बेलायतमा प्रथम अधिवेशनका भब्य रुपमा सम्पन्न गर्न तयारी थालिएको तदर्थ समितिका सह-संयोजक संजयभक्त कँडेलले बताए ।

‘नयाँ सदस्यता विस्तार गर्दै यहाँ क्रियाशिल सबै पत्रकारहरुलाई एउटै छानामुनी अटाउँने प्रयास स्वरुप काम गरिरहेका छौं, उनले भने ।

अध्यक्षका दावेदार समेत रहेका कँडेलले युनियनको बेलायत शाखालाई ‘नमूना’का रुपमा स्थापित गर्ने दावी समेत गरेका छन् ।

ukfinal