Logo २७ बैशाख २०८३, आइतबार | Mon May 11 2026


बसन्त माध्यामिक विद्यालयलाई जिल्लाकै नमुना बनाइने


0
Shares

सरकारको ‘एक निर्वाचन क्षेत्र, एक नमूना विद्यालय’ बनाउने अवधारणा अन्तर्गत गत आर्थिक वर्षबाट सो विद्यालयलाई नमुना विद्यालय बनाउने अभियान सुरु भएको हो ।

विद्यालयको अहिलेको अवस्था र सम्भावनालाई अध्ययन गरेर बसन्त माविलाई नमुना विद्यालय बनाउने अभियान सुरु गरिएको जिल्ला शिक्षा अधिकारी कृष्णप्रसाद पोखरेलले जानकारी दिए ।

सो विद्यालयलाई सरकारले गत आर्थिक वर्ष नै नमुना विद्यालयका लागि पूर्वाधार निर्माणको काम अघि बढाउन २९ लाख ५० हजार अनुदान दिइसकेको छ ।

विद्यालयलाई नमुना बनाउनका लागि गुरुयोजना तयार गरेर काम अघि बढाउने तयारी रहेको जिशिअ पोखरेलले जानकारी दिए ।

सरकारले नयाँ शहरको रुपमा विकास गरिरहेको बसन्तपुर बजारमा अवस्थित बसन्त माविमा हाल शिक्षा, वाणिज्य र कृषि बाली विज्ञान विषयको पठनपाठन हुँदै आएको छ ।