
प्रतीक्षा खनाल र सानु माली (इमेज)
काठमाडौं, माघ ३ । जाडोयाममा वायु प्रदूषण तुलनात्मकरुपमा उच्च हुने गर्दछ ।
वायु प्रदूषणबाट स्वास्थ्यमा पर्ने नकारात्मक असरबाट बच्न सावधानी अपनाउनसके स्वास्थ्यमा पर्ने असर न्यून गर्नसकिने चिकित्सकहरु बताउँछन् ।
काठमाडौंमा वायु प्रदूषणको अवस्था सधैं उच्च रहने गरेपनि जाडोयाममा झनै उच्च हुने गर्दछ ।
चिकित्सककाअनुसार वायु प्रदूषणले मानव स्वास्थ्यमा प्रतिकूल असर पार्ने भएकाले यो याममा विशेष सर्तकता अपनाउनुपर्छ ।
प्रदूषणले श्वास–प्रश्वासका विभिन्न रोगदेखि फोक्सोको क्यान्सरसम्म गराउनसक्ने छातीरोग विशेषज्ञ डा. निरज बम बताउँछन् ।
यतिबेला प्रदूषणको असरबाट जोगिन हामीले आफ्नो जीवनशैलीमा परिवर्तन ल्याउनु जरुरी हुन्छ ।
घरभित्र र वरपरको सरसफाइमा विशेष ध्यान दिने, घरबाहिर व्यायाम नगर्ने, सवारी–साधनको चाप भएको स्थानमा सकेसम्म नजाने, माक्स प्रयोग गर्नेलगायतका कुरामा ध्यान पुर्याउँदा प्रदूषणको नकारात्मक असरबाट बच्न सकिन्छ ।
जाडोयाममा दिउँसोको समयभन्दा बिहान–बेलुका प्रदूषण बढी हुने भएकाले त्यस्तो समयमा बाहिर निस्कँदा विशेष सतर्कता अपनाउनुपर्ने पनि विज्ञहरुको सुझाव रहेको छ ।
प्रतिक्रिया दिनुहोस्