Logo २७ बैशाख २०८३, आइतबार | Mon May 11 2026


निर्वाचन सुरक्षा योजनाबारे जनकपुरमा छलफल


0
Shares

क्षेत्रीय प्रशासक, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रहरी महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक, नेपाली सेनाका निर्देशक उपरथी र आठ जिल्लाका सुरक्षा निकायका प्रमुखको सहभागिता रहेको सो गोष्ठीमा निर्वाचनको सुरक्षा योजना बारेमा छलफल भएको थियो ।

सो अवसरमा गृहमन्त्री जनार्दन शर्माले २ नं प्रदेशमा हुने स्थानीय तहको निर्वाचनमा राष्ट्रिय जनता पार्टीलगायत सबै दलको सहभागिताले राम्रो वातावरण बनेको बताए ।

सरकारले संविधानलाई सर्वस्वीकार्य बनाउनु र राजनीतिक स्थायित्वलाई मुख्य उद्देश्यका रूपमा लिएकाले शान्तिपूर्ण र निष्पक्ष ढंगले निर्वाचन सम्पन्न गराउने कार्यमा सबैको सहयोग र सहभागिता आवश्यक रहेको धारणा उनले राखे ।

गृहसचिव लोकदर्शन रेग्मीको अध्यक्षतामा भएको सो गोष्ठीमा गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव रामकृष्ण सुवेदी, नेपाली सेनाका निर्देशक उपरथी देवकुमार सुवेदी, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक दिलीपकुमार रेग्मी, सशस्त्र प्रहरी बलका महानिरीक्षक सिंहबहादुर श्रेष्ठ, प्रहरी महानिरीक्षक प्रकाश अर्याललगायत सुरक्षा अधिकारीले निर्वाचनको सुरक्षा व्यवस्था र चुनौतीबारे जानकारी गराएका थिए । (रासस)