Logo २७ बैशाख २०८३, आइतबार | Mon May 11 2026


नेपाल–भारत संयुक्त सैन्य अभ्यास सुरु


0
Shares

विपद् व्यवस्थापनको समयमा स्वास्थ्य उपचारलगायत प्रतिविद्रोह तथा प्रतिआतंकवाद जस्ता विषय समावेश गरी सन्चालन भएको उक्त अभ्यासको मध्य पश्चिम पृतनापति उपरथी राजेन्द्र कार्कीले आज शुभारम्भ गरे ।

संयुक्त अभ्यासमा नेपाली सेनाबाट प्रमुख सेनानी जयन्द्र केसी र भारतीय सेनाबाट महासेनानी ललित मोहन मिश्राले नेतृत्व गरेका छन् । दुवै देशका करिब ३००÷३०० जना नफ्रि सहभागी सो संयुक्त सैन्य अभ्यास यही भदौ ३१ गतेसम्म सन्चालन हुनेछ ।

यसअघि नेपाली सेना र भारतीय सेनाको संयुक्त अभ्यास सुर्य किरणको एघारौं संस्करण भारतको पिथौरागढमा भएको थियो । विसं २०६७ बाट नेपाल र भारतमा वार्षिक रुपमा आलोपालो गरि सन्चालन हुँदै आएको सो संयुक्त अभ्यास हालसम्म दुवै देशमा गरी ११ पटक सफलतापुर्वक सन्चालन भइसकेको छ ।

संयुक्त सैन्य अभ्यासमा प्रतिव्रिदोह तथा प्रतिआतंकवादलगायत जंगलमा गर्नुपर्ने युद्धकला र विपद् व्यवस्थापनको समयमा स्वास्थ्य उपचार सम्बन्धि प्राप्त सैद्धान्तिक ज्ञानलाई व्यवहारिक रुपमा आदानप्र्रदान गरिने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

नेपाली सेना र भारतीय सेनाको सैद्धान्तिक, व्यवहारिक र विशेष अनुभवको आदान प्रदान हुनेछ । सो संयुक्त सैनिक अभ्यासले दुई देशबीच वषौँदेखि रहेको मैत्रिपूर्ण पारस्परिक सम्बन्धलाई अझ बढी प्रगाढ बनाउने तथा दुवै देशको सेनाको सकलदर्जाबीच समझदारीमा अभिवृद्धि हुने नेपाली सेनाले विश्वास लिएको छ । रासस