
खाद्य संस्थान र चौपाया व्यवसायी संघ कलंकीले उक्त मूल्य बराबरको खसीबोका र च्यांग्रा भित्र्याउने तयारी गरेका हुन् ।
संस्थानका प्रवक्ता शंकर सापकोटाका अनुसार खसीबोका र च्यांग्रा खरिदका लागि ३ करोड ३१ लाख रुपैयाँ छुट्याइएको छ । उक्त रकमबाट २५ सय खसीबोका र च्यांग्रा (एक हजार पाँच सय खसीबोका र एक हजार च्यांग्रा) खरिद गरिनेछ । व्यवसायीले खसीबोका र च्यांग्रा गरी करिब ४५ हजार हाराहारीमा ल्याउने तयारी गरेका छन् ।
मागको आधारमा संख्या थप बढ्न सक्ने संघका अध्यक्ष दीपक थापाले बताए । उनका अनुसार एउटा खसीबोकाको औसत मूल्य १४ हजार रुपैयाँ पर्छ । जसअनुसार ६३ करोड रुपैयाँको आयात गर्ने तयारी भएको उनले बताए । –कान्तिपुर दैनिकबाट
प्रतिक्रिया दिनुहोस्