१७ जेष्ठ २०८२, शनिबार | Sat May 31 2025


होटलमा बन्धक बनाएर बलात्कारपछि युवतीको हत्या !


0
Shares

                                                           प्रतीकात्मक तस्वीर

सुर्खेतबाट कालिकोट आउँदै गरेकी युवतीलाई ना५ख १८८७ नम्बरको ट्रक चालकले तीन दिनसम्म खिड्की जिउलाको आले होटलमा बन्धक बनाई बलात्कारपछि विष खुवाएर हत्या गरेको प्रहरीको भनाइ छ ।

‘होटलमा राखेर बलात्कारपछि विष खुवाएर हत्या गरेकोजस्तो देखिन्छ, विस्तृत अनुसन्धानपछि खुल्नेछ,’ जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी सुरज पौडेलले बताए ।

प्रहरीका अनुसार सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१ बांगेसिमलका ३२ वर्षीय गाडी मालिक तथा चालक लक्ष्मी प्रसाद आचार्यले मामा भान्जी नाता जनाएर खिड्की जिउलाको आले होटलमा युवतीलाई बन्धक बनाएर राखेका थिए । होटलमा बसेको तेस्रो दिन (शनिबार बिहान) ८ बजेतिर बलात्कारपछि विष खुवाएको हुन सक्ने प्रहरीको आशंका छ ।

शनिबार बिहान ती युवतीले विष खाएकी भन्दै राकम बजारको एक निजी मेडिकलमा ल्याएर उपचार गराउँदै गरेको अवस्थामा पीडकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । शनिबार नै युवतीलाई उपचारका लागि सदरमुकाम ल्याउँदै गर्दा बाटो मै ज्यान गएको हो । –राजधानी दैनिकबाट