निर्धारित समयमा ३६ जनाले मात्र मोहियानी हकसम्बन्धी निवेदन दिएको कार्यालयले जनाएको छ । मालपोतको स्रेस्तामा १ सय ५२ मोहियानी देखिएका छन् ।
भूमिसुधार मन्त्रालयले जेठ १९ देखि भदौ ५ गतेसम्म मोहियानी दाबी गर्ने व्यक्ति र जग्गा धनी दुवैले निवेदन दिने गरी सूचना प्रकाशित गरेको थियो ।
केन्द्रबाट पत्राचार भएपछि गाउँ र नगरपालिकामा सूचना टाँस गरिएको मालपोत प्रमुख कृष्णप्रसाद गौतमले जानकारी दिए ।
ऐनमा ब्यवस्था भएअनुसार मालपोतले १५ दिनभित्रमा जग्गाधनीलाई कार्यालयमा उपस्थित गराउनुपर्छ र मोहियानी हो÷होइन यकिन गर्नुपर्छ ।
जग्गा दिने व्यक्ति सहमतिमा आए दुई पक्षको समझदारीमा तुरुन्तै बाँडफाँड हुन्छ । सहमति नभए दुवै पक्षलाई राखेर एक वर्षभित्र जग्गा लेनदेन हुने गरी प्रक्रिया सुरु गरिन्छ ।
मन्त्रालयले यसै आर्थिक वर्षमा टुंग्याउने गरी प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ । पाँचथर मालपोतमा भने ११ जनाले मात्रै निवेदन दिएका छन् ।










प्रतिक्रिया दिनुहोस्