१२ भाद्र २०८२, बिहिबार | Thu Aug 28 2025


नवलपुरका ५० जनाले पाए कृत्रिम खुट्टा


0
Shares

नवलपुर, माघ ३ । जन्मजात वा विभिन्न दुर्घटनामा खुट्टा गुमाएका नवलपुरका ५० जनाले कृत्रिम खुट्टा पाएका छन् ।

भारतको भगवान् महावीर अपांगता सहायता समितिले बिहीबार नवलपुरको गैडाकोटमा उनीहरुलाई कृत्रिम खुट्टा वितरण गरेको हो ।

चौधरी फाउन्डेसन र सहज सामुदायिक अस्पतालसँगको सहकार्यमा समितिले आयोजना गरेको शिविरमा कृत्रिम खुट्टा वितरण गरिएको हो ।

फाउन्डेसनका अध्यक्ष विनोद चौधरीले नवलपुरमा ५०० जनालाई कृत्रिम खुट्टा वितरण गर्नेगरी शिविर सन्चालन गरेको जानकारी दिए ।