
काठमाडौं, माघ ३ । यस वर्षको ६८औं मिस वर्ल्ड प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धामा पुगेकी मिस नेपाल शृंखला खतिवडा प्रतियोगिताको शीर्ष १२ मा पुग्न सफल भइन् ।
चीनको सान्या सहरमा हालै सम्पन्न मिस वर्ल्डमा २३ वर्षीया शृंखला शीर्ष १२ मा परेसँगै उनले विश्वभरका नेपालीहरुबाट समर्थन र माया पाएकी छन् ।
मिस वर्ल्डमा ‘मल्टिमिडिया अवार्ड’ र ‘ब्युटी विद पर्पज’ जितेकी शृंखलाले इमेज च्यानलसँग केही अनुभव साटेकी छन् ।
यहाँलाई यतिधेरै नेपालीहरुको समर्थन र माया पाउनुमा के कारण हो जस्तो लाग्छ ?
विशेषतः मैले देखाएको नेपालीपना र नेपाली भाषाको स्पष्टता नै हो जस्तो लाग्छ । मेरो बानी बनावटी देखाउने नभइ जे छ, त्यही प्रस्ट देखाउन सक्छु ।
मेरो उद्देश्य र लक्ष्यलाई धेरैले मन पराइदिनुभयो । मेरो व्यक्तित्व र सकरात्मक सोचाइलाई पनि धेरैले रुचाइदिनुभयो जस्तो लाग्यो । म मेरै पहिचान देखाउन चाहन्छु । बनावटी देखाउँदिनँ । त्यो मेरो प्राथमिकतामा पर्यो ।
मिस वर्ल्डमा सहभागिता रहँदाको उपलब्धि कस्तो रहयो ?
नेपालले मिस वर्ल्डमा सहभागिता जनाउन थालेको लगभग २० वर्ष पुग्यो होला । मिस वर्ल्डमा धेरै भोटिङको आवश्यक्ता पर्छ । त्यो भएर विश्वभरका नेपालीहरुसँग नजिक हुन पाएँ । मिस नेपाल एउटा समाजसेवा पनि भएकाले यसलाई देश विकासका लागि सदुपयोग गर्नुपर्छ ।
आगामी दिनमा प्रतिस्पर्धामा आउनुहुनेहरुलाई यसपटकको प्रतिस्पर्धाले नयाँ पाठ पनि सिकाएको छ । धेरैले नेपालप्रति सदभाव र सम्मान पनि प्रकट पनि गरेका छन् । त्यसैले देश र राष्ट्रको भाषालाई हामीले भुल्नुहुँदैन जस्तो लाग्छ ।
मिस वर्ल्डमा विकिनी राउन्ड हटाउनु ठीक लाग्यो कि बेठीक ?
यसलाई कसले कसरी बुझ्दछन् भन्ने पहिलो कुरा हो । केही नकरात्मक भएपनि बडी फिटनेसको प्रवद्र्धन र ब्यूटीलाई प्रवर्द्धन गर्न सघाउँछ जस्तो लाग्छ ।
प्रतिक्रिया दिनुहोस्