काठमाडौंमा मंगलबार गरिएको साक्षात्कारमा मन्त्री यादवले वर्तमान सरकारले नै मेलम्चीको पानी काठमाडौंमा वितरण गर्ने दाबी गरे । यसअघि आगामी दशैंसम्म मेलम्चीको पानी काठमाडौंमा ल्याइसकिने बताइएको भए पनि विभिन्न कारणले काममा केही ढिलाई भएको भन्दै मन्त्री यादवले २७ दशमलव ५ किलोमिटर टनेल खन्नुपर्नेमा १८ किलोमिटरभन्दा बढी खन्ने काम सकिएकाले अब पुसभित्र पानी आइसक्ने बताए ।
अर्को एक प्रसंगमा मन्त्री यादवले मुलुकमा सुन तस्करी बढे पनि कारोबारीहरुलाई तत्काल कारबाहीको दायरामा ल्याउने बताए । उनले सुन तस्करी गर्नेहरुको खोजी गरिरहेकाले चाँडै कारबाही गर्ने बचन दिए ।










प्रतिक्रिया दिनुहोस्