दक्षिण सिक्किमको नाम्चीमा नेपालमाजस्तै कुमारीजात्रा मनाएको हो ।
त्यहाँ कुमारीको चित्रलाई बज्रयानी तन्त्र र वैदिक विधिबाट पूजा गरी रथमा राखेर नगर परिक्रमा गरिएको थियो ।
नेवारी परम्पराअनुसार कुमारीको पूजा गरी रथयात्रा नाम्चीको डाँक बंगला, कम्युनिटी हल हुँदै नाम्ची सहर परिक्रमा गराइएको थियो । धार्मिक गुरु सूर्यवीर तुलाधरले इन्द्रध्वजासहितको लिंगोसमेत ठड्याएका थिए ।
सोही अवसरमा लाखे, पुलुकिसी, भैरव, अष्टमातृका गणलगायतको नृत्यसमेत प्रस्तुत् गरिएको थियो ।
सिक्किम नेवाः गुथिले आयोजना गरेको जात्रामा सिक्किमका मुख्यमन्त्रीसहितका अरु मन्त्रीहरुको सहभागिता रहेको जनाइएको छ ।
गुठीले विगत ७ वर्षदेखि सिक्किममा इन्द्रजात्रा तथा कुमारी रथयात्रा गर्दै आएको छ । त्यहाँको राज्य सरकारले यो दिन सार्वजनिक बिदासमेत दिने गरेको छ ।
भिडियो हेर्नुहोस्ः भिडियो सौजन्यः राजकुमार प्रधान, सिक्किम ।










प्रतिक्रिया दिनुहोस्