Logo २७ बैशाख २०८३, आइतबार | Mon May 11 2026


मनाङमा जिप दुर्घटना, एकजनाको मृत्यु, १२ यात्री घाइते


0
Shares

दुर्घटनामा नेस्याङ गाउँपालिका–३ की ६३ वर्षीया निमा थुमा लामाको मृत्यु भएको छ । नेस्याङ गाउँपालिका–१ स्थित स्वर्गद्धारीमा जिप दुर्घटना भएको हो ।

नासोङ गाउँपालिका–३ धारापानीबाट मनाङतर्फ आउँदै गरेको ग१ज ६३१५ नम्बरको जिप भ्राताङ खोलानजिकै दुर्घटनामा परेको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिए ।

जिप सडकबाट करिब ५० मिटर तल मर्स्याङ्दी नदीमा खसेको थियो । अहिले प्रहरीले घाइतेको उद्धार गरिरहेको छ । रासस