प्रजापति प्रसाइँ फाउन्डेसनले मंगलबार राजधानीमा राष्ट्रिय शिक्षक तथा टुरिज्म लाइफटाइम सम्मान समारोहलाई सम्बोधन गर्दै उनले अन्तर्राष्ट्रिय तहमा प्रतिस्पर्धा गर्ने शिक्षाका लागि सरकार लागिपरेको बताए ।
कार्यक्रममा मन्त्री श्रेष्ठले दाङका शिक्षक दुर्गाप्रसाद पाण्डेलाई पीपी प्रसाइँ उत्कृष्ट शिक्षक पुरस्कार र पर्यटन व्यवसायी कर्ण शाक्यलाई टुरिजम लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गरे ।
सो अवसरमा झापाको आदर्श माविका हेमकुमार खड्का, काठमाडौं, कालिमाटीको नीलबराही माविकी जानुका नेपाल, बाग्लुङको गलकोट माविका देवेन्द्रबहादुर खत्री, रुपन्देहीको शंकर दुर्गादत्त माविका चण्डीप्रसाद पाण्डे, सुर्खेत, वीरेन्द्रनगरको नेपाल राष्ट्रिय आधारभूत विद्यालयकी चन्द्रा भण्डारी र कैलालीको जनसेवा माविकी गंगा भण्डारीलाई क्षेत्रीयस्तरको उत्कृष्ट शिक्षक पुरस्कार प्रदान गरिएको थियो ।
पीपी प्रसाइँ फाउन्डेसनले राष्ट्रिय उत्कृष्ट शिक्षकलाई ५० हजार र क्षेत्रीयस्तरको उत्कृष्ट शिक्षकलाई जनही २५ हजार नगदसहित सम्मान गरेको हो ।










प्रतिक्रिया दिनुहोस्