Logo २७ बैशाख २०८३, आइतबार | Mon May 11 2026


दरबारको प्रांगण छोडेर बसन्तपुरको खुला क्षेत्रमा कुमारी दर्शन (भिडियो)


0
Shares

तर, भूकम्पले क्षतिग्रस्त पुरातात्विक महत्वका सम्पदाहरुको पुनःनिर्माण नहुँदा सम्पदाको सौन्दर्यमात्र हैन, सुरक्षाको चुनौतीसमेत बढेको छ ।

इन्द्रजात्राको अवसरमा जीवित देवी कुमारीसँगै भैरव र गणेशको रथयात्रा कुमारीघरबाट बसन्तपुर दरबारको प्रांगणमा पुर्‍याएपछि राष्ट्रप्रमुखदेखि विशिष्ट व्यक्तित्वहरुले अवलोकन गर्ने परम्परा थियो ।

त्यस अवसरमा लाखे र पुलुकिसी नाच पनि त्यहीँ प्रदर्शन गर्ने गरिन्थ्यो । त्यसको रौनकले इन्द्रजात्रालाई विशिष्ट बनाउन्थ्यो । तर, भूकम्पले दरबार भत्किएपछिको तीन वर्ष भने जात्राको रौनक नै हराएको छ ।

दरबारको प्रांगण छोडेर बसन्तपुरको खुला क्षेत्रमा नै कुमारी दर्शनको कार्यक्रम गरिँदा यसको मौलिकता झल्किन त पाएन नै, व्यवस्थित हुनपनि सकेन ।

भूकम्पका कारण ढलेका दरबार तीन वर्ष बितिसक्दा पनि यसको मुहार फेरिनु त कता–कता यसले पुनःनिर्माणको थालनीसमेतको अनुभूति गर्न पाइएको छैन ।

युनेस्कोको विश्वसम्पदा सूचीमा रहेको यो क्षेत्रको पुनःनिर्माण गर्न यति बढी हेलचेक्र्याइ हुँदा एकातिर सम्पदा सूचीबाट हट्ने खतरा बढ्दै गएको छ भने अर्कोतिर हाम्रो मौलिकता गुम्ने जोखिम पनि बढ्दै गएको छ ।

भिडियो हेर्नुहोस्