Logo २७ बैशाख २०८३, आइतबार | Mon May 11 2026


ट्रकको ठक्करबाट एकजना मजदुरको मृत्यु


0
Shares

झापा दमक नगरपालिका –१ दुरसन्चार कार्यालय नजिकै ना४ख १७२९ नंको ट्रकको ठक्करबाट सोही ट्रकका सहचालक झापा शनिश्चरे बस्ने २५ वर्षीय रुपेश गुरुङको आज दिउँसो मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका गुरुङलाई उपचारका लागि स्थानीय लाइफलाइन अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताए ।

ट्रकका चालक झापा, गोलधाप–७ बस्ने ३३ वर्षीय मनकुमार मोक्तानलाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । रासस