१७ जेष्ठ २०८२, शनिबार | Sat May 31 2025


श्रीमतीलाई जबर्जस्ती करणी गरे पाँच वर्ष जेल


0
Shares

फौजदारी कसुरसम्बन्धी नयाँ कानुनमा यस्तो व्यवस्था गरिएको हो । हाडनातामा करणी गर्नेलाई जन्मकैदसम्मको सजाय तोकिएको छ । १८ वर्ष मुनीका युवतीसँग मञ्जुरीमै शारीरिक सम्बन्ध राखे पनि करणी गरिएको ठहरिने छ । जबर्जस्ती करणी गर्नेलाई महिलाको उमेर हेरी सजाय निर्धारण गरिएको छ ।

मुलुकी ऐन प्रतिस्थापनका लागि ल्याइएको फौजदारी कसुरसम्बन्धी नयाँ कानुनमा करणीसम्बन्धी नयाँ व्यवस्था गरिएको हो । यो कानुन संसदबाट पारित भइसके पनि राष्ट्रपतिबाट प्रमाणीकरण हुन बाँकी छ । –नयाँ पत्रिका दैनिकबाट