भक्तजनको सुविधालाई ध्यानमा राख्दै त्रिधार्मिक स्थल हलेसीमा सोलार वत्ती जडान गरिएको हो ।
वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको २० लाख ५२ हजार रुपैयाँसहितको प्राविधिक सहयोग र स्थानीय संघ संस्थाको करिब १७ लाख रुपैयाँ सहयोगमा सोलार बत्ती राखिएको हलेसी विकास समितिका कार्यकारी निर्देशक सम्बर भुजेलले जानकारी दिए ।
गुफा भित्र २९ वटा सोलार वत्ती जडान गरिएको छ । थप १६ वटा सोलार बत्ती जडानको काम भइरहेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्