Logo ३० बैशाख २०८३, बुधबार | Thu May 14 2026


चाडपर्वलाई लक्षित गरी ‘यात्रु सहायता कक्ष’ सन्चालन गरिने


0
Shares

सरकारले दसैंमा घर जान लामो तथा मझौला दूरीका यात्राका लागि यही भदौ २२ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गरेसँगै महाशाखा, नेपाल प्रहरी, यातायात व्यवसायी तथा नागरिक समाजले काठमाडौं उपत्यकाको १२ स्थानमा यात्रु सहायता कक्ष सन्चालन गर्न लागेका हुन् ।

उपत्यकाको नागढुंगा, कलंकी, स्वयम्भू, नयाँ बसपार्क, पुरानो बसपार्क, सुन्धारा, चाबहिल, तिलगंगा, कोटेश्वर, जगाती, लगनखेल र बल्खुमा यात्रु सहायता कक्ष सन्चालन गरिने भएको छ ।

महाशाखाका प्रहरी नायब महानिरीक्षक सर्वेन्द्र खनालले यात्रुको सहजताका लागि ट्राफिक प्रहरी, जनपथ प्रहरी, यातायात व्यवसायी तथा नागरिक समाजका प्रतिनिधि रहने गरी यात्रु सहायता कक्ष स्थापना गर्न लागिएको जानकारी दिए ।

‘यात्रुहरु सहजरुपमा घर जानका लागि यात्रु सहायता कक्ष स्थापना गरेका हौं’–प्रमुख खनालले भने ।

उनले बसको क्षमताभन्दा बढी यात्रु राख्ने, यात्रुलाई गन्तव्यसम्म नपुर्‍याई बीच बाटोमा अलपत्र पारेर छाड्ने, बढी भाडा लिने, टिकट कालोबजारी गर्नेलगायत काम गरेमा कारबाही गरिने बताए ।

तर, यातायात व्यवसायीले भने सामान लैजानका लागि छतको व्यवस्था हुनुपर्ने र सवारी–साधन गुड्नका लागि बाटो राम्रो बनाउन सरकारलाई पटक–पटक आग्रह गरेका छन् ।

यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला चाडबाडमा घर जाने यात्रुको सामान धेरै हुने र राख्ने ठाउँ नहुँदा यातायात सन्चालन गर्न समस्या हुने बताउँछन् । रासस