यसैक्रममा बूढानीलकन्ठस्थित पञ्चकन्या मन्दिरमा विश्वशान्ति अभियान नेपालले बुधबारदेखि भागवत कथा एवं पितृमोक्ष महायज्ञ सुरु गरेको छ ।
विश्वशान्ति अभियान नेपालका संस्थापक अध्यक्ष आचार्य भागवतकिंकर मुरलीधर पोखरेलले वाचन गरेको यज्ञ १३ दिनसम्म चल्नेछ ।
यज्ञ सुरु गर्नुअघि कलशयात्रा पनि गरिएको थियो । कलशयात्राको शुभारम्भ बूढानीलकन्ठ नगरपालिकाका नगरप्रमुख उद्धव खरेल एवं पञ्चकन्या मन्दिर पुलबाटो निर्माण सुधार समितिका अध्यक्ष भीमबहादुर खड्काले गरे ।
भागवत कथाबाट संकलित रकम श्रीभावगतधाम आश्रम निर्माणका लागि प्रयोग गर्ने आयोजक संस्थाले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्