१७ जेष्ठ २०८२, शनिबार | Sat May 31 2025


तेस्रो चरणको निर्वाचनमा तालमेल नगरी दलहरु एक्ला एक्लै भिड्दै


0
Shares

प्रमुख विपक्षी एमाले बाहेक तुलनात्मक रुपमा नजिक रहेका कांग्रेस, माओवादी केन्द्र, राजपा, संघीय समाजवादी फोरम, फोरम लोकतान्त्रिक लगायत दलहरुको गठबन्धन प्रयास भए पनि बुधबारको उम्मेदवारी दर्तामा त्यो देखिएन ।

तीन वटा स्थानीय तहबाहेक सबैमा दलहरुले आ–आफ्ना उम्मेदवारी दिएका छन् । धनुषाको मिथिला र बाराको निजगढमा कांग्रेस र माओवादी केन्द्र तथा सप्तरीको रुपनी गाउँपालिकामा राजपा र संघीय समाजवादी फोरमबीच तालमेल भएको छ । त्यस बाहेक अन्य स्थानका प्रमुख पदमा सबै दल एक्लाएक्लै भिड्दैछन् ।

कांग्रेस र माओवादी केन्द्रबीच १० भन्दा बढी स्थानीय तहमा तालमेल गर्ने तयारी थियो । –कान्तिपुर दैनिकबाट