Logo २७ बैशाख २०८३, आइतबार | Mon May 11 2026


निजामती सेवा दिवस मनाईंदै, प्रधानमन्त्रीले दिए शुभकामना


0
Shares

‘निजामती कर्मचारीको प्रतिबद्धता: पारदर्शिता र चुस्तता’ भन्ने नाराका साथ यो दिवस मनाइँदै छ ।

नेपालमा २०१३ सालमा निजामती सेवा सुरु भए पनि दिवस मनाउन थालिएको भने १३ वर्ष पूरा भएको छ ।

निजामती सेवा ऐन, २०४९ लागु भएको छ । तर हरेक वर्ष दिवस मनाउँदै आए पनि निजामती सेवा परिणाममुखी र जनमुखी बन्न नसकेको सेवाग्राहीको गुनासो छ ।

दिवसको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकलाई प्रदान गरिने सेवा प्रवाहमा प्रभावकारिता, राज्यका तीन वटै तहमा सेवा प्रवाहको सुनिश्चितता र नागरिकप्रतिको जवाफदेहिता बढाउन आग्रह गरेका छन् ।